बडा दशैंअन्तर्गत मुख्य दिन अर्थात् विजया दशमी मनाइयो

बडा दशैंअन्तर्गत  मुख्य दिन अर्थात् विजया दशमी मनाइयो

काठमाडौं । बडा दशैंअन्तर्गत  मुख्य दिन अर्थात् विजया दशमी । मान्यजनबाट टीका र आशिर्वाद थापेर शुक्रबार मनाइएको छ ।
नौं दिनसम्म दशैंघरमा नवदूर्गाको पूजा आराधना गरी आज माता दूर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट टीका र जमरा ग्रहण गर्दै हर्षोल्लासपूर्वक मनाइन्छ । घटस्थापनाका दिन दशैंघर या कोठामा स्थापना गरिएको दूर्गा भवानीलाई नौं दिनसम्म पूजा अर्चना गरेको जमरा अनि दही, रातो अबिर, केरा र चामलसहितको सम्मिश्रणबाट तयार पारिएको रातो बाक्लो अक्षताले निधार भरिने गरी परिवारका सबै सदस्य एकै स्थानमा बसेर टीका लगाउने परम्परा छ ।

रातो टीका नलगाउने समुदायले भने सेतो टीका लगाउने गर्दछन् । घरका ठूला सदस्यबाट हुँदै क्रमशः सानाहरूले टीका, जमरा र आर्शिवाद थाप्ने चलन छ ।
दशैंको टीकासँगै पाइने दक्षिणा, आफन्तजन, कुलकुटुम्बसँग हुने भेटघाट, साना बालबालिकाहरुलाई नयाँ नोट र लत्ताकपडाले दिने आकर्षण, मान्यजनहरुबाट लिइने आशिर्वचन विशेष महत्वका हुन्छन् । घरमा टीका लगाएपछि ससुराली, मामाघर या आफूभन्दा मान्यजनकहाँ पुगेर टीका र आर्शिवाद थाप्न दिनभर निकै दौडधूप हुने गर्दछ ।

नेपालको पश्चिमका केही जिल्लामा विजया दशमीको एक दिन मात्र टीका थाप्ने चलन भएकाले त्यता निकै चटारो हुन्छ । तर अरु भेगमा भने पूर्णिमाका दिनसम्मै टीका थाप्ने चलन रहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार