घान्द्रुकमा जीप दुर्घटना, जीप चालकसहित आठ जनाको घटनास्थलमै मृत्यु

घान्द्रुकमा जीप दुर्घटना, जीप चालकसहित आठ जनाको घटनास्थलमै मृत्यु

पोखरा । कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा सोमबार जीप दुर्घटना हुँदा जीप चालकसहित आठ जनाको घटनास्थलमै मृत्यु भएको छ ।  पोखराबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप घान्द्रुकको बलाभीरमा दुर्घटनामा परेको हो ।

जीपमा चालक खुशीमान क्षेत्रीसहित ९ जना यात्रु सवार भएकामा ती मध्ये एक जनाको जीवितै उद्धार गरिएको स्थानीयले बताएका छन् । जीवितै उद्धार गरिएका यात्रु भीरमा अड्किएको अवस्थामा भेटिएको बताइएको छ ।  अहिले घटनास्थलमा स्थानीयबासी र प्रहरीले उद्धार गरिरहेका छन् ।

मृतकहरुको सनाखत हुन सकेको छैन । दशैंको छुट्टिमा पदयात्रामा हिंडेकाहरु दुर्घटनामा परेको बताइएको छ । काठमाडौंबाट घान्द्रुक घुम्न आएकाहरु दुर्घटनामा परेका बताइन्छ ।

मृतकको शव क्षतविक्षत भई चिन्नै नसकिने अवस्थामा रहेको प्रहरीले बताएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार