काठमाडौंमा चाडवाड लक्षित ट्राफिक व्यवस्थापन योजना लागू

काठमाडौंमा चाडवाड लक्षित ट्राफिक व्यवस्थापन योजना लागू

काठमाडौँ । चाडपर्व नजिकिएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन,शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यले चाडपर्व विशेष सुरक्षा योजना सार्वजनिक गरेको हो । सो योजना सोमबारदेखि नै लागू भएको महाशाखाले जनाएको छ । 
चाडपर्वमा हुने सवारी चाप व्यवस्थापन, दुर्घटना न्यूनिकरण तथा यात्रुलाई पर्न सक्ने विभिन्न समस्यालाई सम्बोधन गरी सहज यात्राको प्रबन्ध मिलाउन सुरक्षा योजना लागू गरिएको महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए । उनले बसपार्क, टिकट काउन्टर, अन्य भीडभाड हुने स्थल तथा यात्राको क्रममा कोरोना संक्रमण नियन्त्रणको लागि अपनाउनुपर्ने स्वास्थ्य मापदण्डको पालना भए नभएको जाँच एवं अनुगमन गर्ने, पुर्ण पालना गर्न लगाउने र सचेतना समेत बताए ।

चाडपर्वलाई लक्षित गर्दै ट्राफिक प्रहरीले चार पटकसम्म विभिन्न ४३ ठाउँहरुमा २४ सै घण्टा चेकिङ थालेको छ । थानकोट, नागढुंगा, जगाती, फर्पिङ, साँखु, बालाजुबाइपास, मुड्खु, टोखालगायतबाट उपत्यका बाहिरिने सबै प्रकारका सवारी साधनहरुलाई नाकामा कडाइका साथ चेकजाँच गर्ने महाशाखाको योजना छ । लामो दुरीका सवारी साधनमा क्षमता भन्दा बढी यात्रु राखेरनराखेको, बढी भाडा लिएरनलिएको, चालकले मापसे गरेरनगरेको, चालकको अवस्था, स्वास्थ्य मापदण्ड पालना भए नभएको जाँच गर्ने महाशाखाले जनाएको छ ।
 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार