रामेछापमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

रामेछापमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

रामेछाप । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको जीप रामेछापमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बिहीबार मन्थली नगरपालिका वडा नम्बर ६ हात्तिसार कुनौलीबाट जीप खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रदेश नम्बर ३ –०१–०२३–च–३५१३ नम्बरको जीप सडकबाट ६–७ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनास्थलबाट एक जना बालकको उद्दार गरिएको छ । ओखलढुंगा घर भएका अन्दाजी ३४–३५ वर्षीय लक्पा शेर्पा र उनकी श्रीमती फुरूबाको मृत्यु भएको छ ।
 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार