काठमाडौं । अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईको राजीनामा माग गर्दै जेन–जी मुभमेन्ट अलायन्सले अख्तियारमा नै दबाब पत्र दर्ता गराएका छन् ।
जेन–जीका बिभिन्न १० भन्दा बढि समूहको जेन–जी मुभमेन्ट अलायन्सले मंगलबार संयुक्त रुपमा अख्तियार पुगेर राजीनामा दिनका लागि आग्रह गर्दै दवाव पत्र दर्ता गराएका हुन् । युवाहरुको दबाबपछि अख्तियारले उनीहरुले दबाब पत्र दर्ता समेत गरेको छ ।
अख्तियार प्रमुख आयुक्त राईको कार्यहरु राजनीतिक पक्षपाती रहेको र वाइडवडी घोटाला लगाएत धेरै भ्रष्टाचारका मुद्दाहरुमा राइको नाम मुछिएकाले राजीनामा दिन आग्रह गरिएको जेन–जी युवा रिजन राना मगरले बताउनुभयो । उहाले राइसहित अन्य सवै आयुक्तहरुको राजीनामा माग गर्दै अख्तियारमा निवेदन दर्ता गराएको जानकारी दिनुभयो ।
देशको भ्रष्टचार नियन्त्रण गर्ने एकमात्र निकायमा हाल रहेका प्रमुख आयुक्त र आयुक्तबाट भ्रष्टाचारका साथै दण्डहिनताको अन्त्य हुने नदेखिएकाले राजीनामा माग्नुपरेको मगरले बताउनुभयो । युवाहरुले अख्तियारमा निष्पक्ष, स्वतन्त्र र सक्षम पदाधिकारीको नियुक्ति गर्ने र पदमुक्त भएका आयोगका पदाधिकारीलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने जनाएका छन् ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?