सुनको मूल्य तोलामा एक हजार घट्यो

सुनको मूल्य तोलामा एक हजार घट्यो

काठमाडौँ । आज सुनको मूल्य तोलामा रु एक हजार घटेको छ । आजका लागि सुनको मूल्य तोलामा रु दुई लाख १६ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मङ्गलबार स्थानीय बजारमा सुन प्रतितोला रु दुई लाख १७ हजार १०० को कीर्तिमानी मूल्यमा किनबेच भएको थियो ।

त्यस्तै, आज चाँदी तोलामा रु ४५ घटेर रु दुई हजार ५५० मा किनबेच हुँदैछ । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार