काठमाडौँ । भैरहवा गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रूपमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नेसम्बन्धी छलफल भएको छ ।
अर्थ मन्त्रालयमा भएको छलफलमा दुवै विमानस्थलमा दिगो रूपमा अन्तर्राष्ट्रिय उडान गर्नेसम्बन्धी कार्ययोजनामा छलफल भएको हो ।
त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भार वहनलाई व्यवस्थापन, गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रूपमा अन्तर्राष्ट्रिय उडानका लागि सम्भावित थप उपायहरू पहिचान गरी अघि बढ्नेबारे पनि छलफल भएको छ ।
छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा। शिवराज अधिकारी, मुख्य सचिव एकनारायण अर्याल, सचिवहरू तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक लगायतको सहभागिता थियो ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?