कोपा अमेरिका कपमा अर्जेन्टिनाको विजयी सुरुआत

कोपा अमेरिका कपमा अर्जेन्टिनाको विजयी सुरुआत

जुलियन अल्भारेज र लाउटारो मार्टिनेजको गोलसँगै अर्जेन्टिनाले कोपा अमेरिकामा विजयी सुरुआत गरेको छ।

मर्सिडीज बेन्ज स्टेडियममा शुक्रबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले क्यानडालाई २(० गोलअन्तरले पराजित गरेको हो।


खेलको पहिलो हाफ गोलरहित बराबरी सकिएको थियो। तर, ४९औं मिनेटमा म्याक एलिस्टरको पासमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए। ८८औं मिनेटमा लिओनल मेसीको पासमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई २(० को जित दिलाए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार