संखुवासभा । स्वर्गीय मान बहादुर तथा प्रदिप गुरुङको स्मृतिमा आयोजित एक दिवसीय भेटेरेन्स फुटसल प्रतियोगीताको उपाधि एडभान्स क्लव मानेभन्ज्याङले जितेको छ ।
शनिबार भएको प्रतियोगीताको फाइलनमा खाँदबारी युवा क्लवलाई ७–२ गोल अन्तरले पराजित गर्दै एडभान्स क्लव मानेभन्ज्याङले उपाधि जितेको हो ।
उपाधिसंगै एडभान्स क्लव मानेभन्ज्याङले २० हजार नगद प्रमाणपत्र र शिल्ड हासिल गरेको छ भने उपबिजेता खाँदबारी युवा क्लवले १० हजार नगदमा चित्त बुझाएको छ । त्यस्तै तेश्रो हुने खाँदवारी वडा नंवर ४ ले पनि नगद रु ५ हजार प्राप्त गरेको छ ।
बिजयी टोलीलाई हेल्पिङ ह्याण्ड्सका संस्थापक अध्यक्ष नारायण श्रेष्ठले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगीतामा कुल ९ टिमको सहभागीता रहेको थियो । सामाजिक सद्भावका लागि युवा एकता–विकृति बिसंगतिका विरुद्ध खेलकुदद्वारा सहकार्यको प्रतिवद्धता भन्ने नाराका साथ अनुरोध फुटसल, सूर्य बोडिङ स्कुल खाँदबारी १ सिर्जनानगरी संखुवासभाले प्रतियोगीताको आयोजना गरेको हो ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?