विमान दुर्घटनामा परेका चार बालबालिकाको ४० दिनपछि उद्धार गर्ने टोलीलाई सम्मान

विमान दुर्घटनामा परेका चार बालबालिकाको ४० दिनपछि उद्धार गर्ने टोलीलाई  सम्मान

कोलम्बिया सरकारले अमेजनको जङ्गलबाट ४० दिनपछि चार बालबालिकाको जीवितै उद्धार गर्ने टोलीलाई राष्ट्रिय सम्मान गरेको छ ।

यो उद्धार अभियानलाई ‘अपरेसन होप’ नाम दिइएको थियो । उद्धारमा संलग्न सैनिक र अन्य सदस्यलाई ‘अर्डर अफ बोयाका’ अवार्ड दिइएको अलजजिराले जनाएको छ । 


उद्धारमा संलग्न सेनाको ‘स्निफर डग’ ‘विल्सन’लाई पनि सम्मान गरिएको थियो । यो कुकुर जङ्गलबाट बालबालिकाको उद्धारपछि अमेजनमा नै हराएको थियो ।

कुकुरलाई खोजी गर्न पनि अपरेसन शुरु गरिएको छ । उद्धार कार्यका प्रमुख जनरल पेड्रो सान्चेजले ६ वर्षीय ‘डग विल्सन’को सम्झनामा स्मारक निर्माण गरिने बताउनुभएको छ ।

अमेजन जङ्गलमा विमान दुर्घटना हुँदा हराएका चार जना बालबालिकालाई ४० दिनपछि जीवितै भेटिएको थियो ।

तेह्र, नौ, चार र एक वर्षका ती बालबालिका सहोदर भाइबिहिनी हुन् । जीवितै उद्धारको यो घटनाले विश्वलाई नै चकित पारेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार