डिशहोम बन्यो ISO गुणस्तर चिन्हप्राप्त गर्ने इन्टरनेट कम्पनी

डिशहोम बन्यो ISO गुणस्तर चिन्हप्राप्त गर्ने इन्टरनेट कम्पनी

 काठमाडौँ   । नेपालमा DTH सेवा प्रदान गरि रहेको डिश मिडिया नेटवर्क लिमिटेडले डाटा सेन्टर र इन्टरनेट सेवामा ISO प्रमाणीकरण प्राप्त गरेको छ । Americo quality standards registechले हालै कम्पनीको योजना, चुस्त नेतृत्व, कार्य सम्पादन मुल्याङ्कन, ग्राहक सेवाको गुणस्तरको आधारमा निरिक्षण गरी डिश मिडिया नेटवर्क लाई ISO9001:2015 प्रदान गरेको हो ।

स्याटेलाइट टेलिभिजन मार्फत नेपालको कुना काप्चामा गुणस्तरिय सेवा प्रदान गरि रहेको कम्पनीले पछिल्लो समय अन्य सेवा प्रदायकको भन्दा सुलभ र उच्च गुणस्तरको इन्टरनेट सेवा संचालन गरि रहेको छ यस्तै हाल सालै आफ्नो सेवालाई विस्तार गर्ने क्रममा डाटा सेन्टर पनि संचालनमा ल्याएको छ ।

नेपालको पेटिभी इन्डस्ट्रीमा आमुल परिवर्तन ल्याउन सफल रहेको डिशहोमले आफ्नो ग्राहकहरु उच्चगतिको इन्टरनेट सहज र सर्वसुलभ मुल्यमा प्रदान गर्नुका साथै ग्राहक सेवालाई अझ सहज वनाउन देशै भरि विभिन्न स्थानमा डिलर नेटवर्क, सर्भिस सेन्टर र २४ सै घण्टा ग्राहक सेवा केन्द्र संचालन गरिरहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार