विश्वकप फुटबलमा आज पनि चार खेल

विश्वकप फुटबलमा आज पनि चार खेल

काठमाण्डौ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत मंगलबार चार खेल हुँदैछ । आज समूह ‘ए’ र समूह ‘बी’ का दुई÷दुई खेल हुनेछन् ।समूह चरण अन्तर्गतको अन्तिम चरणका खेल आज हुन लागेको हो । समूह ‘ए’ मा रहेका इक्वेडर र सेनेगल तथा नेदरल्याण्ड्स र कतारबीच प्रतिस्पर्धा हुनेछ ।

दुवै खेल नेपाली समयअनुसार बेलुकी पौने ९ बजे सुरु हुनेछ । यो खेलबाट समूह ‘ए’ बाट अन्तिम १६ मा पुग्ने दुई देशको टुङ्गो लाग्नेछ ।समूह ‘बी’ मा रहेका इरान र अमेरिका तथा वेल्स र इंग्ल्याण्डबीच खेल हुँदैछ। यी खेल राति पौने १२ बजे सुरु हुनेछ मा हुनेछ । साथै समूह ‘बी’ बाट अन्तिम–१६ मा पुग्ने दुई देशको टुङ्गो लाग्नेछ ।

विश्व कप फुटबलमा पोर्चुगल, ब्राजिल र फ्रान्स अन्तिम १६ मा प्रवेश गरिसकेका छन् ।आज बिहान भएको खेलमा पोर्चुगलले उरुग्वेलाई २–० गोलले हरायो । यस्तै गएराति भएको खेलमा ब्राजिलले स्विट्जरल्यान्डलाई १–० गोलले हराउँदै अन्तिम १६ मा पुगेको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार