काठमाण्डौ । डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पपछि सुदूरपश्चिममा पराकम्प गईरहेकाले स्थानीयहरु त्रसित भएका छन् । वुधबार बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएपछि पराकम्प गईरहेको हो ।
लगातार तीनपटक एकै स्थानमा केन्द्रबिन्दु बनाएर तीन ठूला भूकम्प गएपछि चार रेक्टर स्केलभन्दा मुनिका दुई सय पराकम्प गइसकेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले बताउनुभयो । उहाँका अनुसार बुधबार दिउँसो १ बजेसम्म दुई सय पराकम्प गइसकेको बताउनुभयो ।
भूकम्पपछि पराकम्पनहरु आइरहेकाले सतर्क रहन भूकम्प मापन केन्द्रले सबैमा आग्रह गरेको छ । अहिले पनि अछामका स्थानीय बासिन्दाहरु घरभित्र बस्न सकेका छैनन् ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?