आठौं नारदमुनि थुलुङ स्मृति गोल्डकप–भोजपुर जिल्ला फुटबल संघ बिजयी

आठौं नारदमुनि थुलुङ स्मृति गोल्डकप–भोजपुर जिल्ला फुटबल संघ बिजयी

अञ्जनी कुमार अधिकारी, उदयपुर । आठौं नारदमुनि थुलुङ स्मृति गोल्डकप २०७९ मा भोजपुर जिल्ला फुटबल संघले गोर्खा स्पोर्टिङ क्लव झापालाई पराजित गरेको छ । 
उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. ४ बसाहा स्थित नारदमुनी रंगशालामा सोमबार भएको खेलमा निर्धारित समयमा दुबै टिमले १–१ गोलको बराबरी खेले पछी खेल ट्राईबेकरमा गएको थियो । ट्राइबेकरमा  भोजपुर जिल्ला फुटबल संघ बिजयी भएको हो । खेलको १३ औं मिनेटमा भोजपुर जिल्ला फुटबल संघ जर्सी नं. १० का संतोष तामाङले सुरुवाती गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका भएपनि खेलको २७ औं मिनेटमा गोर्खा स्पोर्टिङ क्लव झापा जर्सी नं. १४ का गिलसन लिम्बुले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
सोमबार भएको खेलको निर्धारित समयमा दुबै टिमबाट एक एक गोलको बराबरी  भए सगै खेल ट्राईबेकरमा पुगेको थियो ।
ट्राईबेकरमा भोजपुर जिल्ला फुटबल संघले गोर्खा स्पोर्टिङ क्लव झाँपालाइ ५–४ गोल अन्तरले पराजित गरेको हो ।
प्रतियोगिता अन्तर्गत मंगलबार आयोजक समेत रहेको बसाहा क्लव र चर्च ब्वाइज क्लव काठमाडौ बिच खेल हुने आयोजकले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार