काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गर्नुभएको हो । ट्रफीलाई नेपाली खेलकुदका चर्चित र सफल खेलाडीबाट नेपालभर प्रर्दशनीमा राख्ने आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ ।
ट्रफी सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री देउवाले खेलकुदको बिकासमा सरकार प्रतिवद्ध रहेको भन्दै खेलकुद बिश्वबिद्यालय स्थापनाका लागि सरकार सकारात्मक रहेको बताउनुभयो । उहाले सरकारले कसैलाई पनि पक्षपात नगरि खेलको बिकासमा लागि धारणा राख्नुभयो ।
सरकारले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफीको निर्माण गरेको हो । करिब १० लाख रुपैयाँ खर्च गरेर राष्ट्रिय खेलकुदको विजेता टिमका लागि ट्रफी बनाईएको हो ।
ट्रफीलाई यसपटक रचनात्मक ढंगले फरक बनाइएको र ट्रफीलाई प्रदर्शनीका लागि सातै प्रदेश र तीन विभागिय टोलीमा पुर्याईने राखेप सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिनुभयो ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा आयोजना हुदैछ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?