शंकास्पद वस्तु फेला

शंकास्पद वस्तु फेला

बर्दियाको तीन ठाउँमा रहेका शंकास्पद वस्तु नेपाली सेना बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । गुलरिया हुलाकी सडक खण्ड अन्तर्गत सर्यु पुल नजिकै राखिएको शंकास्पद वस्तु सेनाको टोलीले निष्क्रिय पारेको हो । टिफिनको डिब्बामा कपडा बेरेर राखिएको शंकास्पद वस्तु बम हुनसक्ने भन्दै प्रहरीले सुरक्षाका लागि आवागमन बन्द गराएको थियो ।

यसैगरी ठाकुरबाबा नगरपालिका ४ बगनाहाको सडकमा राखिएको शंकास्पद वस्तु सेनाले निष्क्रिय पारेको छ । हुलाकी सडक अन्तर्गत गुलरिया र मधुवन नगरपालिकाको सीमानामा रातो कपडाले बेरिएको डिब्बा सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । प्रहरीका अनुसार बिहान ४ बजेको समयमा राखिएको दुवै ठाउँमा ९ देखि साढे १० बजेसम्म निष्क्रिय पारेको हो ।

लुम्विनी प्रदेश प्रहरी कार्यालयका अनुसार रुपन्देही र कपिलवस्तुको सीमा सैनामैना नगरपालिकालिका ११ मा पर्ने कोठी जंगल क्षेत्रको राजमार्गमा शंकास्पद वस्तु फेला परेको हो ।रातो कपडाले बेरेर नाइलनको डोरीले बाँधेर राखेको शंकास्पद वस्तु विष्फोटक पदार्थ नरहेको प्रहरीले जनाएको छ । नेत्रविक्रम चन्द लगायत चार नेकपाले आह्वान गरेको नेपाल बन्दका दिन शंकास्पद वस्तु सडकमा राखी त्रास फैलाएको प्रहरीले जनाएको छ । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार