राजश्व छलीका सामान सहित पक्राउ

राजश्व छलीका सामान सहित पक्राउ

काठमाण्डौ । उपत्यका अनुसन्धान कार्यालयको टोलीले राजश्व छलीका सामान सहित एक जनालाई पक्राउ गरेको छ । पर्सा घर भइ हाल काठमाडौं–७ सरस्वतीनगर बस्ने ४० वर्षीय नवराज शर्मा भन्ने छविलाल अगस्तीलाई एक करोड रुपैयाँ बराबरका राजश्व छलीका सामान सहित पक्राउ परेका छन् ।

भारतबाट राजस्व छलि गरेर चुरोट, गुट्खा, मोटरसाइकलका विभिन्न पार्टसहरु लगायतका विभिन्न सामानहरू ल्याएको कार्यालयका एसपी कृष्ण कोइरालाले जानकारी दिनुभयो । कोठा भाडामा लिएर श्रीमतीको नाममा श्रीजल एण्ड सुजता ट्रेडिङ कन्सर्न प्रालिबाट कारोबार गर्ने गरेको खुलेको छ । प्रहरीले कोठाबाट २ हजार ९८० बन्डल विदेशी चुरोट, मुर्गा छाप, सन फ्लावर लगायतका पटका ४२० केजी, पानराज गुट्खा ४८ केजी र ३८० वटा अक्सिमिटर बरामद गरेको जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार