मोरङ कारागारमा फैलियो कोरोना, एक जनाको मृत्यु, १८ जना अस्पताल भर्ना

मोरङ कारागारमा फैलियो कोरोना, एक जनाको मृत्यु, १८ जना अस्पताल भर्ना

विराटनगर । जिल्ला कारागार मोरङमा कोरोना फैलिएको छ । विराटनगर महानगरपालिका–८ मा रहेको कारागारमा केही दिनयता  कोरोना फैलिएको हो ।

कारागार  प्रशासनले अत्याधिक ज्वरो आएपछि बिहीबार १९ जना कैदीबन्दीलाई कोसी अस्पताल भर्ना गरेको थियो । भर्ना गरेका मध्ये एक जनाको बिहीबार नै  मृत्यु भएको छ ।  १८ जना उपचाररत छन् ।

अस्पताल पुर्‍याइएका मध्ये १६ जनालाई  एन्टिजेन पोजेटिभ देखिएको छ । दुई जनाको रिपोर्ट  नेगेटिभ आएपनि कोरोनासँग मिल्दो जुल्दो लक्षण छ ।

‘एकसय भन्दा बढी डिग्री ज्वरो आएका विरामीलाई अस्पताल भर्ना गरिएको हो, भित्र बिरामीको संख्या धेरै छ’ कारागार स्रोतले भन्यो,’यहाँको क्षमता तीन सय हो, कैदीबन्दी एक हजार ८७ जना छन् ।’

बिहीबार अस्पताल भर्ना भएका विरामीको आज  एन्टिजेन परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। यज्ञराज खरेलले  बताए । उनले सबैको पीसीआर गर्ने तयारी भइरहेको बताए ।

बिहीबार अत्यधिक ज्वरो आएपछि कोसी अस्पतालमा गरिएकामध्ये सुन्दरहरैँचा नगरपालिका–४ का ३९ वर्षीय  कैदी नीरबहादुर नेपालको मृत्यु भएको हो ।

कोरोनासँग मिल्दो जुल्दो लक्ष्क्षण भएपनि मृतकको भने कोरोना जाँच भएन् । ज्यान मार्ने उद्योग मुद्दामा कैद सजाय भुक्तान गरिरहेका उनलाई १०४ डिग्री ज्वरो आएको थियो । उनको शव बुझेर आफन्तले लगिसकेका छन् ।

कारागारमा  हाल एक हजार ८७ जना कैदी बन्दी छन् । कारागारको क्षमता भने महिला पुरुष गरी तीन सय जना हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार