भंगहा नगरपालिकाको प्रमुखमा लोसपा र उपप्रमुखमा कांग्रेस विजयी

भंगहा नगरपालिकाको प्रमुखमा लोसपा र उपप्रमुखमा कांग्रेस विजयी

जलेश्वर । महोत्तरीको भंगहा नगरपालिकाको प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । 

    मत परिणामअनुसार आज भंगहामा प्रमुखमा लोसपा नेपालका सञ्जीवकुमार साह पाँच हजार ६१७ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृत केशव अर्यालले बताउनुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांगे्रसका विजय मण्डलले पाँच हजार ३५४ मत ल्याउनुभएको छ । 

सो पालिकाको उपप्रमुखमा कांग्रेसका शान्तिकुमारी सिंहले पाँच हजार ७७५ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी लोसपा नेपालका गङ्गाकुमारी सिंह दनुवारले पाँच हजार ३५५ मत प्राप्त गर्नुभएको हो । 
 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार