काठमाडौं उपत्यकामा जात्राको रौनक

काठमाडौं उपत्यकामा जात्राको रौनक

दुर्लभ थापा मगर, काठमाडौं । नेवार समुदायको चाडअन्तर्गत पाँहाचह्रेको तेस्रो दिन शनिबार असन जात्रा धुमधामका साथ मनाइएको छ । रोल............
हरेक वर्ष घोडेजात्राको भोलिपल्ट तीन अजिमा अर्थात् लुमधि अजिमा, कङ्ग अजिमा र तेबहाल अजिमालाई आ–आफ्नो ठाउँबाट बाजा गाजासहितको टोलीले खट जात्रा गरी असन पु¥याएर जात्रा मनाउने परम्परा छ । तीन ठाउँबाट आएका अजिमा असनमा भेला गराई एकापसमा घुमाइन्छ । यसक्रममा तीन दिदी बहिनीको रथ ठोक्काउने नभई एक अर्कालाई आदर र सम्मान गरिन्छ । जसमा दियोसहितको चिलाख साटासाट गरिन्छ । यही चिलाख साटासाट गर्ने परम्परालाई असनमा रथ जुधाउने भन्ने प्रचलन रहिआएको हो । रथ असन चोक पुगेपछि घरघरबाट चामलको रोटी अर्थात् चटामरी फाल्ने चलन पनि छ ।
यसरी फालिएको चटामरी फेला पार्नेलाई शुभ हुने जनविश्वास छ । यसक्रममा बिशेष गरी असन र वरिपरि घरका चेलीबेटीलाई पाहुना बोलाई भोज खुवाउने चलन छ । असनमा चिलाख साटासाट गरेपछि तीन वटै अजिमा आ–आफ्नो स्थानमा लगिन्छ । यसै अवसरमा काठमाडौंका विभिन्न स्थानमा अन्य देवीदेवताको खट जात्रा गरी पाँहाचह्रे पर्व मनाउने चलन छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार