स्वास्थ्य सहायता तथा राहत कार्यक्रमलाई एकीकृत गर्ने तयारी

स्वास्थ्य सहायता तथा राहत कार्यक्रमलाई एकीकृत गर्ने तयारी

भक्तपुर । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य सहायता तथा राहत कार्यक्रमलाई एकीकृत गरेर व्यवस्थापन गरिने बताउनुभएको छ । 
नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको बार्षिकोत्सवका अवसरमा सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले विभिन्न निकाय तथा मन्त्रालयमार्फत छरिएर सञ्चालन भइरहेका स्वास्थ्य सहायता तथा राहत कार्यक्रमहरुलाई एउटै संरचनाभित्र समेटेर एकीकृत व्यवस्थापन गरिने बताउनुभएको हो । 

उहाले डुब्न लागेको स्वास्थ्य बिमालाई उतार्नका लागि नियमित आम्दानी सुरक्षित कोष निर्माण हुने गरि बिकास गर्नुपर्ने बताउनुभयो । हरेक बर्ष एक खर्वभन्दा बढि आम्दानी हुने गरि बिमाको आय प्रणाली बिकास हुनुपर्ने उहाको भनाइ छ । उहाले योगदान गर्न सक्ने नागरिकले योगदान गर्ने र योगदान गर्न नसक्नेहरुका लागि राज्यले प्रिमियर दिनुपर्ने जिकिर गर्नुभयो । मन्त्री पौडेलले बिमाको फेक क्लेम गर्ने अस्पतालको सम्बन्धन खारेज गर्नुपर्नेमा जोड दिनुभयो । 

बार्षिकोत्सवका असरमा अस्पतालमा स्थापना गरिएको मध्यपुर रक्तसञ्चार केन्द्रको मन्त्री पौडेलले उद्घाटन गर्नुभएको थियो । अस्पतालले दैनिक एक हजार भन्दा बढी बिरामीलाई उपचार सेवा प्रदान गरिरहेको जनाएको छ । 
 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार