टानले ल्होसार साँस्कृतिक कार्यक्रम आयोजना गर्ने

टानले ल्होसार साँस्कृतिक कार्यक्रम आयोजना गर्ने

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले ल्होसार साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । 
पर्यटकीय आकर्षणको रूपमा प्रवर्द्धन गर्दै, पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवाला संस्थाहरू तथा व्यवसायीहरूबीच सद्भाव र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले संयुक्त  ल्होसार साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको टानले जनाएको छ । 

टानका अनुसार यही फागुन २८ गतेका दिन बुधबार काठमाडौंस्थित होटल याक एण्ड यतिमा सो कार्यक्रम आयोजना गरिँदै छ। कार्यक्रममा प्रमुख अतिथि रूपमा गृह मन्त्री रमेश लेखकको उपस्थिति रहनेछ।

टानमा आबद्ध करिब २,४०० ट्रेकिङ एजेन्सीहरूको सहकार्यमा आयोजना गरिने उक्त कार्यक्रम शेर्पा, गुरुङ, तामाङ, ह्योल्मो, दुरा, जिरेल, भोटे, वालुङ समुदायका साथै अन्य समुदायलाई समेत समेट्दै सांस्कृतिक पर्वको रूपमा मनाइने बताइएको छ ।  

टानका अध्यक्ष सागर पाण्डेले संयुक्त लोसार साँस्कृतिक कार्यक्रममा विभिन्न समुदायका मौलिक संस्कृतिहरू झल्काउने नृत्य प्रदर्शन गरिनुका साथै लोसारको अवसरमा परम्परागत परिकारहरू प्रस्तुत गरिने जानकारी दिनुभयो । 
 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार