कुलमान घिसिङबारे यर्थाथ जानकारी गराउन सभामुख घिमिरेको रुलिङ

कुलमान घिसिङबारे यर्थाथ जानकारी गराउन सभामुख घिमिरेको रुलिङ

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे संसद्मा उठेका विभिन्न प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।


बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरुले आकस्मिक समयमा प्रश्न उठाएपछि सभामुख घिमिरेले कुलमानबारे यर्थाथ जानकारी दिन ऊर्जा जलस्रोत तथा सिचाईंमन्त्री दीपक खड्कालाई रुलिङ गरेका हुन् ।

‘आजको बैठकमा सबै प्रतिपक्षीले राखेको विषय, अन्य माननीयहरूले शून्य, विशेष समय र आकस्मिक समयमा राख्नु भएको विषयमा ‍२०७९ नियम १५ उपनियम २ बमोजिम सम्बन्धित मन्त्रीहरूको ध्यानाकर्षण गराउँछु। साथै सभालाई जानकारी गराउन निर्देश गराउँछु’ सभामुखले भने।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार