न्हु पोखरी संरक्षण गर्ने ललितपुर महानगरको प्रयास

न्हु पोखरी संरक्षण गर्ने ललितपुर महानगरको प्रयास

ललितपुर । ललितपुर महानगरपालिकाले लगनखेलमा रहेको न्हु पोखरी संरक्षण गर्न पोखरी अगाडीका संरचना भत्काएको छ । 
ललितपुरको ऐतिहासिक महत्वको न्हु पोखरी संरक्षणका लागि महानगरले लगनखेल स्थित ५ नं. वडा कार्यालय भवन साथै लगनखेलसम्मका संरचना भत्काएको हो । सो क्षेत्रमा रहेका पसल, टहरा र अन्य पक्की संरचना समेत महानगरको डोजरले भत्काइएको थियो । 
न्हु पोखरी महानगरले संरक्षण गरिरहेको र सर्वसाधारणले सहज रुपमा  ऐतिहासिक महत्वको न्हु पोखरीलाई देख्न सक्ने गरि पोखरी अगाडीको संरचना हटाइएको महानगर प्रमुख चिरिबाबु महर्जनले जानकारी दिनुभयो । उहाले ललितपुर महानगरका अन्य क्षेत्रमा रहेका ऐतिहासिक महत्वका स्थानलाई सहज रुपमा देखिने गरि काम हुने बताउनुभयो । 

त्यस्तै ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाच्छेथुले २०८२ असार ३१ सम्म न्हु पोखरी पुननिर्माण सम्पन्न गर्ने गरि काम अघि बढेको जानकारी दिनुभयो । पहिलो चरणमा सो क्षेत्रमा रहेका १२ वटा टहरा भत्काइएको उहाले बताउनुभयो । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार