'नयाँ मुद्दा र एजेण्डाका आधारमा शैक्षिक आन्दोलनलाई संगठित गर्न जरुरी छ'–विनोद कोइराला

'नयाँ मुद्दा र एजेण्डाका आधारमा शैक्षिक आन्दोलनलाई संगठित गर्न जरुरी छ'–विनोद कोइराला

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको माघ १२ गते हुने २३ औं राष्ट्रिय सम्मेलनमा बिभिन्न पदका आ–आफ्नै दावी देखिएको छ । यसै क्रममा संगठनको केन्द्रीय खुल्ला उपाध्यक्षमा नुवाकोटका विनोद कोइरालाले उम्मेदवारी दिएका छन् ।

उनले शैक्षिक रुपान्तरणको नयाँ कार्यनीति तय गरी शैक्षिक आन्दोलनका नयाँ मुद्दा र एजेण्डाका आधारमा शैक्षिक आन्दोलनलाई संगठित गर्न सक्नुपर्ने भन्दै खुल्ला उपाध्यक्षमा आफ्नो उम्मेदवारी रहेको जनाएका छन् ।

यस्तो छ उनको प्रतिवद्धता र धारणा–

आज शिक्षामा सुधारका कार्यक्रमहरुबारे बहस गर्दै गर्दा आज दरी शिक्षा वा जनशिक्षाका विषयहरू आउँछन् । हाम्रो पार्टीबाट दुईजना प्रधानमन्त्री र दुईजना शिक्षामन्त्री समेत भैसकेको अवस्था छ। जनवादी शिक्षा हुँदै समाजवादी शिक्षा अब हाम्रो रणनीतिक उद्देश्य हो। त्यसैले हामीले सधैं जनवादी शिक्षा भनेर नारा लगाएर मात्र पुग्दैन। समाजवादी शिक्षाका प्रारुपबारे पनि छलफल र बहस शुरु गर्नु आवश्यक छ। त्यसका लागि शैक्षिक रुपान्तरणको नयाँ कार्यनीति तय गरी शैक्षिक आन्दोलनका नयाँ मुद्दा र एजेण्डाका आधारमा शैक्षिक आन्दोलनलाई संगठित गर्न सक्नुपर्छ। त्यसो नगरी एकोहोरो जनवादी शिक्षाको नारामात्र उराल्ने, तर कार्यान्वयन तहमा फितलो उपस्थितिले आगामी परिवर्तनको आन्दोलन त के हिजो बलिदानी र संघर्षबाट प्राप्त उपलब्धिहरूसमेत गुम्ने खतरा हामीसामु तेर्सिएको छ।

हाम्रो इतिहास वीरता, बलिदान, त्याग, तपस्या र संघर्षका अनमोल गाथाहरूले सृजिएको छ । राणातन्त्र जहानियाँ व्यवस्थाको विरुद्धमा संघर्ष गरेको इतिहास देखी, १० वर्षे जनयुद्धको समयमा क्रान्तिकारी विद्यार्थीहरूले खेलेको भूमिका अटल छ। त्यस्तै निरंकुश पञ्चायती व्यवस्था, २०४७ पछिको बहुदलीय प्रजातान्त्रिक व्यवस्थापछि पनि भएका अनेकौ बलिदानीपूर्ण संघर्ष र विभेदकारी शिक्षा तथा त्यसको नेतृत्व गर्ने राज्यव्यवस्था विरुद्ध भएका निर्णायक आन्दोलनहरू पनि प्रशंसनीय छ। यी सबै प्रतिनिधिमुलुक घटनात्मक संघर्षहरू हुन्। स्थापना कालदेखि नै हाम्रो संगठनले थुप्रै राजनीतिक तथा विचारधारात्मक, शैक्षिक, सामाजिक संघर्ष पूरा गर्दै साथै इतिहासले सुम्पेका सबै अभिभारा पूरा गर्दै आएको र आगा दिनमा हाम्रो गौरवशाली संगठन आँखल (क्रान्तिकारी) क निम्न कार्यभारहरू रहनुपर्दछ।

देशभर सञ्चालनमा रहेको सम्पूर्ण शैक्षिक संस्थाको विवरण तयार गरी शैक्षिक गुणस्तर अभिवृद्धि , छलफल, बहस तथा अन्तरक्रिया सञ्चालन गर्ने।

निजी शैक्षिक संस्थाहरूको अध्ययन, अनुगमन रही उनीहरूले दिएको शुल्कलाई सर्वशुलभ र एकरुपता बनाउनको निम्ति प्याब्सन एनप्याब्सन, शिक्षा निकारा तथा समन्वय इकाईसँग पहल गर्ने। साथ स्थानंग सरकारदखि प्रदेश र संघीय सरकारसम्मलाई सुभाव दिने । उचित सम्बोधन नभए देशैभर दवाब सिर्जना गर्ने।

 संविधानमा व्यवस्था भएबमोजिम आधारभूत शिक्षा अनिवार्य र माध्यामिक शिक्षा निःशुल्क भए नभएको अनुगमन गर्ने र कार्यान्वयन गराउन दबाव सिर्जना गर्ने।

विद्यार्थीहरूलाई सार्वजनिक यातायातका ४९ प्रतिशत छुट भनी गरिएको पूर्वसहमतिलाई कार्यान्वयनका लागि संघर्ष गर्ने।

निजी शैक्षिक संस्थामा हुने व्यापारको अन्त्यको लागि संघर्ष गर्ने ।

कथित स्थानीय सरकारले शिक्षामा निजीकरयण र व्यापारीकरणलाई प्रोत्साहन गर्ने गरी सरकारी विद्यालयलाई गाभ्ने कार्य हुन नदिने । विद्यालय समायोजन अवैधानिक, अव्यवहारिक र जनचाहाना विपरीत भएकाले यसको पुनर्विचार गर्न दबाब दिने ।

निजी तथा संस्थागत विद्यालयले दिनुपर्ने १० प्रतिशत छात्रवृत्ति अनिवार्य कार्यान्वयन गराउन अविलबम्न पहल गर्ने ।

देशैभर अनुमति विना संचालनमा रहेका शैक्षिक तथा स्वास्थ्य संस्थाको अनुगमन गरी तिनीहरूको खारेज गर्ने अग्रसर हुने र संस्थागत विद्यालय शुल्क निर्धारक तथा मापदण्ड निर्देशिका २०७२ पुर्णतः लागु हुनुपर्ने ।

• सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम अन्तर्गत प्राविधिक कोर्ष रहेका विद्यालयमा प्राविधिक कोर्षको शुल्क सर्वसुलभ बनाउनको निम्ति अविलम्न पहल गर्ने ।

• शिक्षा क्षेत्रलाई व्यापार सम्झी अनुमति विना सञ्चालनमा रहेका इन्स्टिच्युट ट्यूसन सेन्टरहरूको खारेज गर्न निर्णायक आन्दोन गर्ने ।

• विगतदेखि उठाउँदै आएको वैज्ञानिक समाजवादी शिक्षा प्रणाली, समान निःशुल्क वैज्ञानिक व्यवहारिक व्यवस्थापकीय, उत्पादनमुलकतालाई पूर्णता दिनै वैज्ञानिक समाजवादी चेतनासहितको आत्मनिर्भर, दक्षा तथा प्राविधिक जनशक्ति उत्पादन गर्न पहल गर्ने। त्यसका लागि नीति निर्माण गर्न सङ्घर्ष थाल्ने ।

पुँजीवादको अन्त्य विश्व सर्वहारा वर्गका जनताको मुक्ति र नेपालका वैज्ञानिक समाजवादी सत्ताको स्थापनको खातिर मातृ पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले लिएको कार्यदिशा समाजवादी आन्दोलनको तयारीप्रति प्रतिबद्ध भई क्रान्तिको मार्गमा निरन्तर अघि बढ्ने ।

सङ्गठनलाई राजनीतिक तथा विचारधारात्मक हिसाबले सृदृढ, व्यवस्थित र परिपक्व बनाई समाजमा रहेका सबै खो विकृति, विसङ्गतिको भण्डाफोर अभियान सञ्चालन गर्ने ।

पछिल्लो समयमा हप्तैपिंच्छे पेट्रोलियम पदार्थमा गर्दै आएको मूल्य वृद्धि तथा दैनिक उपभोग्य वस्तुमा भइरहेको कालोबजारी र महङ्गीविरुद्ध सङ्घर्षको आन्दोलन चर्काउने ।

सरकारी कार्यालय, निकाय तथा सार्वजनिक सेवाका क्षेत्रमा हुने बदमासी र अनियमितताका विरुद्ध सङ्घर्ष गर्ने ।

समाजभित्र सबैखाले शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार, विभेद र असमानताका विरुद्ध उभिने र सामाजिक न्यायका पक्षमा सङ्घर्ष गर्ने।

जनताका छोराछोरी सबै अखिल (क्रान्तिकारी) भन्ने मूल नारासाथ सबै देशभरका क्रान्तिकारी विद्यार्थीहरूलाई क्रान्तिकारी आन्दोलनभित्र फराकिलो ढङ्गबाट सङ्गठित गर्न अभियान चलाउने

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार