काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने आइतबार मात्र काठमाडौं जिल्ला अदालतमा हाजिर हुने भएका छन् । बिहीबार साँझ कास्कीबाट छुटेका उनी आज दिउँसोमात्र काठमाडौं आइपुग्ने र पर्सी आइतबार अदालत हाजिर हुने स्रोतले जनाएको छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासले लामिछानेसित ६५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो । धरौटी रकम बुझाएर लामिछाने बिहीबार नै थुनामुक्त भइसकेका छन् ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?