बारामा रोकिराखिएको कार भित्र एक जना पुरुष मृत अवस्थामा फेला

बारामा रोकिराखिएको कार भित्र एक जना पुरुष मृत अवस्थामा फेला

बारा । जीतपुरसिमरा दुधौरा खोला पुल नजिक कार भित्र एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । 
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ अमाडार दुधौरा खोला पुल नजिक एक जना पुरुष गाडी भित्र मृत अवस्थामा फेला परेका हुन् । 
रोकी राखिएको कार भित्र शव फेला परेको र मृतक पुरुष जीतपुरसिमरा उपमहानगरपालिका १ घर भई सिमरा बिमानस्थलमा कार्यरत राजकुमार रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 
स्थानियहरुले गाडी भित्र शव रहेको खवर गर्नेबितिकै प्रहरी घटनास्थल पुगेर तालिमप्राप्त कुकुरसहित अनुसन्धान गरेको थियो । 
बागमती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको कार सडकको पूर्वपतिको छेउमा रोकिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
शवको परिक्षणका लागि पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 
 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार