भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक काठमाडौंमा

भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक काठमाडौंमा

काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक निजी भ्रमणको सिलसिलामा काठमाडौं आउनुभएको छ । 
शुक्रबार बिहान काठमाडौं आउनुभएका भुटानका राजा वाङचुकलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले स्वागत गर्नुभयो । 
स्वयम्भूनाथ र बौद्धनाथको दर्शनका लागि उहा काठमाडौं आउनुभएको हो । भारतबाट स्वदेश फर्कने क्रममा काठमाडौं आउनुभएका भुटानका राजा वाङचुक शुक्रबार नै स्वदेश फर्कनुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार