काठमाडौँ । चीनको चारदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किनुभएको छ ।
प्रधानमन्त्री ओली स्वदेश फर्किनुभएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री प्रकाशमान सिंह,गृहमन्त्री रमेश लेखक तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुले स्वागत गर्नुभयो ।
सो अवसरमा प्रधानमन्त्री ओलीलाई नेपाली सेनाको एक टुकडीले सम्मान गर्दै सलामी अर्पण गरेको थियो ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?