काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा स्थानियले उचित क्षतिपूर्ति नपाए सम्म सुरूङ्गमार्गको काम अघि बढ्न नदिने बताएका छन् ।
स्थानीयहरूले सुरूङ्ग मार्ग निमार्णको क्रममा घरहरूमा समस्या आएको चिरा परेको र बैङ्कले सुरूङ्ग मार्ग आसपासका घर जग्गाहरूभएक कारण धितो नदिएको र पानी सुकेको भन्दै आन्दोलन गरेका हुन् । विगत ६ दिन देखि स्थानीयहरूले उचित क्षतिपूर्ति पाउनु पर्ने भन्दै सुरूङ्ग मार्गको काम ठप्प पारेका हुन् । पटक पटक सरकारले वार्ता,भेटघाट तथा आस्वासन देखाए पनि आयोजनाले ब्यवास्था गरेको स्थानीयले बताए । चन्द्रागिरि नगरपालिकाले स्थानीय जनताको माग प्रति सकारात्मक तवरले सहजिकरण नगरेको भन्दै रुष्ट समेत भएको एक स्थानीयले बताए । नगरको नागरिकहरूको नागरिक सुरक्षा लगायत सरल जीवन वाच्न पाउनु र आम नागरिकहरूको हरेक समस्यामा स्थानीय सरकारको सकृयता नभएको भन्दै दुखेसो समेत व्यक्त गरेका हुन् । काठमाडौ जिल्ला देखि धादिङ सम्म ९३ घरहरू पिडामा परेको सुरूङमार्ग पिडित संघर्ष समितिका संयोजक रवि दानीले बताए ।
उनले भने, नागढुङ्गा सुरुङमार्ग आयोजनाले स्थानीय जनताको माग र क्षतिपूर्ति उपलव्ध नगराए सम्म अवरोध सृजना नरोकिने र क्षतिपूर्ति नपाएसम्म निमार्ण कार्य अघि बढ्न दिन्नौँ ।
स्थानीय संघर्ष समितिका उप संयोजक प्रकाश रेग्मीले आफुहरू विकास विरोधी नभएर विनाश विरोधी भएको र राज्यले राष्ट्रिय गौरवको आयोजना वनाउदै गर्दा राज्यले जनताहरूलाई घरको नघाटको अवस्था पुर्याउन नहुने बताए ।
आयोजनामा स्थानीय अवरोधका कारण निर्माण कार्यमा ढिलाई भईरहेको जनाएको छ । हाल सम्म सम्पन्न भईसक्नु पर्नेमा ८२ प्रतिशत काम सकिएको छ भने दैनिक १२० मिटर ढलान हुनु पर्ने काम पनि रोकिएको छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?