सुनको मूल्य एकैदिन तोलामा झन्डै १६ हजारले घट्यो

सुनको मूल्य एकैदिन तोलामा झन्डै १६ हजारले घट्यो

काठमाडौं । सरकारले भन्सार दर घटाएपछि स्थानीय बजारमा सुनको भाउ ह्वात्तै घटेको छ। आज सुन प्रतितोला १५ हजार ९ सय रुपैयाँले घटेको हो।


नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम गरेको छ। आइतबार  प्रतितोला सुन १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी सुनको भाउ घटेसँगै चाँदी पनि घटेको छ। आज ११५ रुपैयाँले घटेर प्रतितोला चाँदी १८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको  महासंघले जनाएको छ। अघिल्लो दिन प्रतितोला चाँदी १९ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार