सरकारमा रहेकाले आफुले गरेको भ्रष्टाचारलाई ढाकछोप गर्ने प्रयास गरेका छन्–विप्लव

सरकारमा रहेकाले आफुले गरेको भ्रष्टाचारलाई ढाकछोप गर्ने प्रयास गरेका छन्–विप्लव

काठमाडौं । नेकपाका महासचिव नेत्रबिक्रम चन्द विप्लवले विदेशीको इशारामा सरकार बन्छ र ढल्छ भन्नु जनतामाथिको अपमान भएको बताउनुभएको छ । 
पार्टी पुनर्गठन दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै विप्लवले सरकार बनाउनका लागि चूनावमा जनता सहभागी भएपनि नेताहरुले विदेशीको इशारामा सरकार बन्छ र ढल्छ भन्नु जनतामाथिको अपमान भएको बताउनुभएको हो । 

नेपालको सरकार विदेशी शक्तिले ढाल्ने र बनाउने नेताहरुको व्याख्या जनतामाथिको धोका भएको उहाले बताउनुभयो । त्यस्तै विप्लवले अहिलेको मुलुकको अवस्था अस्तव्यस्त रहेको र सरकारले जनताका पक्षमा काम गर्न नसकेको आरोप लगाउनुभयो । 

प्रधानमन्त्रीको काम सरकार ढल्दैन भन्ने मात्रै रहेको उल्लेख गर्दै विप्लवले अहिलेको सरकार रातको १२ बजे ढल्नसक्ने आभाष जनतालाई भएको बताउनुभयो । अहिले भ्रष्टहरुले नै सडकमा नारा लगाउने काम गरिरहेको र आफुले गरेको भ्रष्टाचारलाई ढाकछोप गर्ने प्रयास गरेको उहाले बताउनुभयो ।  त्यस्तै उहाले ऋणको त्रास देखाएर बीआरआई परियोजना रोक्ने र एसपीपी सम्झौता गर्ने षड्यन्त्र भइरहेको उल्लेख गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार