ललितपुर । ललितपुर महालक्ष्मी नगरपालिका शितलछाँया टोलका बासिन्दाहरुले देउसी र भैलोबाट संकलन भएको रकमबाट सामाजिक सेवामा योगदान दिएका छन् ।
शितलछाँया टोलका बासिन्दाहरुले देउसी र भैलोबाट संकलन भएको रकम र स्थानीय समाजसेवी दाताहरुको सहयोगमा महालक्ष्मी नगरपालीका वठा नंवर ७ र ५ को सिमाना भएर बग्ने गोदावरी खोलाको पक्की पुल छेउमा प्रतिक्षालय निर्माण गरेका हुन् । चांगाथलीमा निर्माण गरिएको उक्त प्रतीक्षालयको महालक्ष्मी नगरपालिका ७ का वडाध्यक्ष बाबुराजा महर्जन, ५ का वडाध्यक्ष कपिल केसीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । सो क्रममा जनप्रतिनिधिहरुले स्थानीयले गरेका कामको प्रशंसा गर्दै गोदावरी खोलाको व्यवस्थापनको लागी काम भइरहेको बताएका थिए ।
प्रतिक्षालय निर्माणमा बिशेष पहल गरेका कर्ण गौतम, कुमार गिरी, राम प्रधान लगाएतका अग्रजहरुले सामाजिक सेवामा भएको यस्ता उदाहरणीय कार्यबाट अरुले पनि धेरै कुरा सिक्न सक्ने विश्वास व्यक्त गरेका थिए ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?