अमेरिकी राष्ट्रपति पदको चुनावमा डोनाल्ड ट्रम्प बिजयी

अमेरिकी राष्ट्रपति पदको चुनावमा डोनाल्ड ट्रम्प बिजयी

अमेरिकी राष्ट्रपति पदको चुनावमा डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि विजयी भएका छन् ।  कुल ५३८ सिटमा ट्रम्पले जितका आवश्यक २७० सिट कटाएका छन् । निर्वाचनमा कमला ह्यारिस पराजित भएकी छिन् ।  ट्रम्प यसअघि पनि अमेरिकाको राष्ट्रपति भइसकेका व्यक्ति हुन् ।

ट्रम्पको दोस्रो कार्यकालले अमेरिका प्रथम नीति अघि बढाउँदै अमेरिका र अन्य राष्ट्रहरूबिचको सम्बन्धलाई पुनः परिभाषित गर्ने सम्भावना छ । उनका समर्थकहरूले यो जितलाई अमेरिकाको स्वतन्त्र तथा सशक्त नीति पुनःस्थापनाको विजय मानेका छन् भने आलोचकहरूले यसलाई अन्तर्राष्ट्रिय सम्बन्धमा अस्थिरता निम्त्याउने चेतावनी दिएका छन् । 
अमेरिकी राष्ट्रपतिमा पुनः विजय भएका ट्रम्पले ४७औँ राष्ट्रपतिको जिम्मेवारी सन् २०२५ जनवरी २० बाट सम्हाल्ने छन् ।  यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प निर्वाचित भएकोमा बधाई दिनुभएको छ ।
राष्ट्रपति पौडेलले ट्रम्पको नेतृत्वमा विश्व शान्ति कायम होस् भन्ने सन्देश पनि दिनुभएको छ । त्यस्तै विश्वभरका नेताहरुले डोनाल्ड ट्रम्पलाई वधाइ एवं शुभकामना दिएका छन् । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार