भारतमा बस दुर्घटना हुँदा कम्तिमा ३६ जनाको मृत्यु

भारतमा बस दुर्घटना हुँदा कम्तिमा ३६  जनाको मृत्यु

 भारतको उत्तरी राज्य उत्तराखण्डमा सोमबार बस गहिरो खोलामा खसी दुर्घटना हुँदा कम्तिमा ३६ जनाभन्दा बढीको मृत्यु हुनुका साथै अन्य दुई दर्जन घाइते भएको स्थानीय प्रहरी अधिकारीले जनाएका छन् ।

प्रहरी अधिकारीका अनुसार दुर्घटना उत्तराखण्ड राज्यको अल्मोडा जिल्लाको मार्चुला क्षेत्रमा सोमबार बिहान ८ः३० बजे भएको थियो । मार्चुला पहाडी राज्य उत्तराखण्डको पर्यटकीय गन्तव्यमध्ये एक हो ।

दुर्घटनामा घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ भने घटनास्थलमा उद्धार टोली तैनाथ गरिएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा सबै स्थानीय रहेका छन् । पोढीबाट रामनगरतर्फ गइरहेको निजी बस दुर्घटनाग्रस्त भएको जनाइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार