लेबननमा पेजरपछि वाकीटकी विस्फोटन, कम्तीमा २० जनाको मृत्यु

लेबननमा पेजरपछि वाकीटकी विस्फोटन, कम्तीमा २० जनाको मृत्यु

लेबननमा ताररहित सञ्चार उपकरणहरू विस्फोटनको दोस्रो लहरमा परेर कम्तीमा २० जना मानिसहरू मारिनुका साथै ४५० जनाभन्दा धेरै घाइते भएको त्यहाँका स्वास्थ्यमन्त्रीले जनाएका छन्।

राजधानी बेइरुतको दक्षिणी भेगमा पर्ने क्षेत्रमा पर्ने उपनगरहरू बेका उपत्यका र दक्षिण लेबननमा सशस्त्र समूह हिज्बुल्लाहले प्रयोग गरेका वाकीटकीहरू पड्किएका थिए।

ती हिज्बुल्लाहको बलियो पकड भएका क्षेत्रहरू हुन्।

मन्त्रालयका अनुसार केही विस्फोटनहरू मङ्गलवारका पेजर विस्फोटनमा ज्यान गुमाउनेहरूको अन्तिम संस्कार भइरहँदा भएको थियो।

हिज्बुल्लाहले इजरेललाई उक्त हमलाको आरोप लगाएको छ। इजरेलले त्यसमा कुनै प्रतिक्रिया जनाएको छैन। विविसी 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार