तयारी नपुगेको भन्दै एमाले सचिवालय बैठक भोलि बस्ने गरी स्थगित

तयारी नपुगेको भन्दै एमाले सचिवालय बैठक भोलि बस्ने गरी स्थगित

काठमाडौं । नेकपा एमालेको आज बोलाइएको सचिवालयको बैठक स्थगित भएको छ ।
आवश्यक तयारी नपुगेको भन्दै भोलीसम्मको लागि बैठक स्थगित गरिएको हो । बैठक भोलि बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ । 
नेताहरूको कार्यव्यस्तता र आवश्यक गृहकार्यका लागि बुधबार बिहान ११ बजेसम्को लागि बैठक स्थगित गरिएको पार्टी कार्यालय सचिव डा। भीष्म अधिकारीले जानकारी दिनुभयो । 
सचिवालय बैठकमा पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर, नयाँ सत्ता समीकरण, नयाँ सरकारमा हुने सहभागिता, मन्त्री चयनको मापदण्ड लगायतका विषयमा छलफल हुँदै छन् ।
 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार