काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायलाई चलायमान बनाउदै अर्थतन्त्र सुदृढ हुनेगरि मौद्रिक नीति ल्याउने तयारी भइरहको बताउनुभएको छ ।
सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा अधिकारीले कोरोनाका कारण गिरेको व्यवसायीहरुको मनोबल अझै पनि पूर्ण रुपमा उठ्न नसकेको भन्दै निजि क्षेत्रको मनोबल बढाउदै अर्थतन्त्र सुदृढ हुनेगरि मौद्रिक नीति ल्याउने तयारी भइरहको बताउनुभएको हो ।
उहाले निष्क्रिय कर्जा बढ्नुमा अहिलेको कारण नभई कोरोनाले पारेको असर भन्दै ब्याजदर घट्दा पनि कर्जाको माग बढ्न नसकेको जिकिर गर्नुभयो । गभर्नर अधिकारीले व्याजदर निर्धारण बजारलाई छाडेकाले राष्ट्र बैंकले हस्तक्षेप नगर्ने र सवैले त्यसलाई स्वीकार गर्नुपर्ने बताउनुभयो ।
आर्थिक शिथिलतालाई समाधान गर्न सामूहिक जिम्मेवारी आवश्यक रहेको र अर्थतन्त्रमा रहेका संरचनात्मक समस्याहरु पनि समाधान गर्नुपनेृ उहाको भनाइ छ । बाइट.......
बैठकमा समिति सदस्य विनोद चौधरीले उत्पादनमुलक उद्योगहरु दुई बर्षदेखि ओरालो लागेको, निर्माणसम्बन्धी कामहरु घटेको र यसका कारण अर्थतन्त्रमा चूनौति देखिएको बताउनुभयो । उहाले सरकारले लिएको साढे १२ खर्व राजस्वको लक्ष्य उठ्ने कुनै आधार नभएको उल्लेख गर्नुभयो ।
त्यस्तै समिति सदस्य पूर्ण बहादुर तामाङ्गले निर्माण व्यवसायीको भुक्तानी अर्थमन्त्रालयबाट रोकिएको भन्दै त्यसलाई रोक्नुको कारण माग गर्नुभयो ।
बैठकमा अर्थसचिव मधु कुमार मरासिनीले सचिवले निर्माण व्यवसायीको भुक्तानी रोक्न नसक्ने भन्दै यसमा मन्त्रीको निर्णय आवश्यक रहेको जिकिर गर्नुभयो । उहाले पूजीगत खर्च अर्थ मन्त्रालयमा रोकियो भन्ने बिषयमा सत्यता नरहेको धारणा राख्नुभयो ।
उहाले अर्थतन्त्रलाई सकारात्मक दिशातर्फ अघि बढाउन र नीजि क्षेत्रको मनोवल उठ्ने गरि मौद्रिक नीति आउने विश्वास व्यक्त गर्नुभयो ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?