मोदीद्वारा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पदको सपथ ग्रहण

मोदीद्वारा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पदको सपथ ग्रहण

नयाँदिल्ली । भारतको लोक सभा निर्वाचनमा नवनिर्वाचित भारतीय जनता पार्टी ९भाजपा० नेता तथा कार्यवाहक प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार राष्ट्रपति भवनमा आयोजित एक भव्य समारोहमा लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीका रुपमा सपथ लिनुभएको छ ।

राष्ट्रपति द्रौपदी मुर्मूले प्रधानमन्त्री मोदीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको हो ।

सपथ ग्रहणका लागि उपस्थित हुँदा प्रधानमन्त्री मोदीले सेतो चुरीदार कुर्ता र निलो ‘हाफ ज्याकेट’ लगाउनुभएको थियो ।

शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’, श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, मौरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथ, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना र सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ सहभागी छन् ।

सन् २०१४ मा प्रधानमन्त्री बन्नुभएका उहाँको अघिल्लो दुई कार्यकाल धेरै प्रमुख पहलहरू द्वारा चिह्नित गरिएको छ । प्रधानमन्त्री मोदीले ‘सबका साथ, सबका विकास, सबका विश्वास’ र ‘विकासउन्मुख र भ्रष्टाचारमुक्त शासन’ को नारामा जोड दिनुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार