न्युयोर्क । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आपराधिक मुद्दामा झूटो व्यापारिक अभिलेख राख्ने सबै ३४ वटै मुद्दामा दोषी ठहर गरिएको छ । न्युयोर्कमा भएको ऐतिहासिक सुनुवाइका क्रममा उहाँलाई दोषी ठहर गरिएको हो ।
अमेरिकाको इतिहासमै बहालवाला वा पूर्व राष्ट्रपतिलाई अपराधको सजायँ सुनाइएको पहिलोपटक हो । आगामी जुलाई ११ मा पूर्वराष्ट्रपति ट्रम्पलाई सजायँ निर्धारण गरिनेछ । ट्रम्प जेल जान सक्ने सम्भावना रहेको बताइएको छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?