धनकुटाको पाख्रीबासमा तीन दिने बृहत् निः शूल्क स्वास्थ्य शिविर

धनकुटाको पाख्रीबासमा तीन दिने बृहत् निः शूल्क स्वास्थ्य शिविर

धनकुटा । धनकुटाको पाख्रीबासमा तीन दिने बृहत् निः शूल्क स्वास्थ्य शिविर शुरु भएको छ । पाख्रीबास नगरपालिकाको आयोजना र टच हेल्पिङ्ग हेन्डस् पोलिक्लिनिकको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।  शिविरमा स्त्री रोग विशेषज्ञ सेवा, निशुल्क भिडियो एक्सरे, जनरल मेडिसिन सेवा, निशुल्क ल्यावसम्बन्धी सेवा, आखाँ जाँच तथा निशुल्क चश्मा बितरण, दन्त रोग लगाएतका सेवा प्रदान गरिरहेको आयोजकले जनाएको छ ।  

हेल्पिङ ह्यान्डस् हेल्थ एण्ड एजुकेशनका संस्थापक अन्तर्राष्ट्रिय अध्यक्ष एवं वरिष्ठ समाजसेवी नारायण श्रेष्ठ तथा स्त्री रोग विशेषज्ञ कविता अधिकारीको नेतृत्वमा पाख्रीबास आधारभूत अस्पतालमा स्वास्थ्य शिविर आयोजना गरिएको हो । उहाले आफु अमेरिकामा रहेपनि आफुले सेवा गर्ने ठाँउ नेपालमात्रै भएकाले अव सवै ध्यान नेपालमा केन्द्रीत गर्ने बताउनुभयो । 

शिविर जेठ ६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । 
 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार