सडकको विकास भएर मात्रै हुँदैन मानवीय विकास गर्न जरुरी छः केदार कार्की

सडकको विकास भएर मात्रै हुँदैन मानवीय विकास गर्न जरुरी छः केदार कार्की

अन्जनी कुमार अधिकारी ‍, उदयपुर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सडकको विकास भएर मात्र नहुने भन्दै मानवीय विकास गर्न जरुरि रहेको बताउनु भएको छ ।
सोमबार उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नम्बर ६ र ७ जोड्ने वैद्यनाथ खोलामा नवनिर्मित पुलको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सोकुरा बताउनु भएको हो । वहाँले प्रदेश सरकार आगनको सरकार रहेको समेत बताउनु भयो । मुख्यमन्त्री कार्कीले वैद्यनाथ खोला पुलले धेरैलाई प्रदेशको राजधानी विराटनगर र काठमाडौं जोडेको बताउदै प्रदेश सरकारले भौतिकसँगै मानवीय विकासमा जोड दिएको दावी गर्नु भयो । पूर्वाधार विकास कार्यालय उदयपुरको आयोजनामा आयोजित पुल उदघाटन कार्यक्रममा बोल्दै वहाँले  ‘कालोपत्रे सडकको विकास भएर मात्रै नहुने भएकोले मानिसहरुको भविष्य उज्वल बनाउने मानवीय विकास गर्न सरकार जिकिर गर्नु भयो ।’वहाँले भन्नु भयो‘ वालवालिकाहरुको पढाई , स्वास्थ्यको जिम्मा प्रदेश सरकारले लिन्छ ।

कार्यक्रमा बोल्दै प्रदेशका भौतिक विकास मन्त्री कमल प्रसाद जवेगुले विकासहरु शहर केन्द्रित भएकाले पहाड केन्द्रित विकासमा लागि परेको बताए । त्यसैगरी उद्योग , कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले यहाँका जनमानसले सहज रुपमा पुल प्रयोग गर्न पाएको बताए ।त्यसैगरी कटारी अस्पत्ताललाई प्रदेश सरकारको पहलमा ५० वेडको अस्पत्तालको रुपमा विकास हुन लागेको बताए । केहि समयमै यस अस्पत्ताललाई ५० वेडको लागि अर्थमन्त्रालयमा सिफारिस गरिएको बताए । त्यसैले मन्त्रालयले पनि स्विकृति प्रदान गरेको बताए ।त्यसैगरी कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले यस पुलले कटारी , ६ र ७ सँगै पहाडी ताप्ली , उदयपुरगढी , लिम्चुङवुङ गाउँपालिकाका स्थानीयलाई समेत सहज भएको बताए । कटारी ७ का वडाध्यक्ष सुविन ढुंगानाले पुल निर्माण भएपछी यहाँका कृषकहरुको कृषि उत्पादन बजार पुराउन सहज हुने बताए ।वलवालिकाहरुलाई विद्यालय आउजाउ गर्न , विरामीलाई अस्पत्ताल पुराउनका साथै आप्mना उत्पादन बजार पुराउन पुलले सहज भएको बताए ।

प्रदेश सरकार सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मार्फत १४ करोड ९४ लाख ७३ हजार १ सयको लागतमा पुल निर्माण भएको हो । दुई वर्ष भित्रमा निर्माण सक्नेगरी पुलको केएम ईन्जिनियर्स विल्डर्स प्राली काठमाडौंले ठेक्का पाएको थियो । तर दुई वर्षमा निर्माण गरिसक्ने सम्झौता गरिएको पुल १५ महिनामै निर्माण सम्पन्न भएको हो । ८४ दशमलव ४० मिटरको पुल २ स्पामको बनेको छ ।
 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार