उदयपुरको बेलकामा पर्यटन प्रवर्द्धनका लागि जंगल सफारी सुरु

उदयपुरको बेलकामा पर्यटन प्रवर्द्धनका लागि जंगल सफारी सुरु

अन्जनी कुमार अधिकारी, उदयपुर । कोशी टप्पु वन्यजन्तु आरक्षणमा जिप सफारी अर्थात जंगल सफारी सुरु हुने भएको छ । कोशी प्रदेशकै आकर्षक आन्तरिक एवम् वाह्य पर्यटन प्रवर्द्धनमा ठुलो टेवा पुग्ने उद्धेश्य सहित कोशी टप्पु वन्यजन्तु आरक्षणमा जंगल सफारी सुरु हुने भएको हो । 
उदयपुरको बेलका नगरपालिका ८ स्थित सप्तकोसी नदी किनारामा रहेको बेलका रिसोर्टले कोसी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रसम्म जंगल सफारी संचालन गर्ने भएको हो । 
आन्तरिक एवम् वाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उदेश्य सहित पर्यटकहरुको मनोरन्जनको लागि कोशी टप्पुमा जिप सफारी सुरु गर्न लागिएको रिसोर्टका सञ्चालक रमण भट्टराईले जानकारी दिनु भयो ।


कोशी टप्पुमा जंगल सफारीका लागि उदयपुरको बेलका नगरपालिका ८ को बेलका रिसोर्ट बाट सुरु गरिएको सफारी श्रीलंका टापु, चिलिया टापु हुदै कोशी टपु भएर बन्यजन्तु आरक्षण भित्रका बिभिन्न स्थानको अवलोकन गर्न सकिने संचालक भट्टराईले बताउनु भयो । वहाँका अनुसार उक्त सफारी यात्राको दुरी करिव ८० किलोमिटरको रहने छ ।
बिभिन्न जातका हाँस सहित लालसर, बकुल्ला, गरुड, सारस र अन्य पानी चराहरू समेत गरी करिब ४९० प्रजातिका चराहरू अवलोकन गर्न सकिने यस आरक्षमा जलचरहरूमा घडियाल तथा मगरगोही, सोँस (क्तयचप),  र विभिन्न किसिमका माछाहरूको समेत अवलोकन गर्न सकिन्छ । कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्ना, मृग, हात्ती, बँदेल, जरायो, निलगाई लगायतका जंगली जनावर समेत अवलोकन गर्न सकिन्छ । कोशी टप्पुमा जंगल सफारी सुरु हुने भएसंगै उक्त सफारीले आन्तरिक तथा वाह्य पर्यटकलाई कोशी टप्पुमा अझ आकर्षित गर्ने स्थानीयले बताए ।

जिप सफारीले मनोरन्जन र खोज अनुसन्धान गर्न आउने दुवै प्रकारका पर्यटकलाई आकर्षित गर्ने स्थानीयको भनाइ छ । ‘कोसी टप्पु विश्वमै दुर्लभ र लोपोन्मुख चराहरूको वासस्थान हो ।’ चारासँगै अर्ना, नीलगाई, हात्तीलगायतका जीव हेरेर मजा लिन र जंगल सफारी गर्न पर्यटक आउने भएकोले जिप सफारी सुरु गरिएको रमण भट्टराईको भनाई छ 
 

पछिल्लो समय उदयपुर जिल्लाको बेलका नगरपालिका स्थित  सप्तकोसी क्षेत्रमा भारतीय पर्यटकको बाक्लो उपस्थिति हुन थालेको छ ।कोशी टप्पुमा जंगल सफारी संगै नजिकैको बराहा क्षेत्र मन्दिर, तमोर तथा अरुण नदी हुँदै भोजपुरसम्मको जलयात्रा समेत गर्न पाइने भएकाले भारतीय लगायतका आन्तरिक तथा वाह्य पर्यटकको आकर्षण सो क्षेत्रमा बढ्ने अनुमान गरिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार