सरल, निडर स्वभावका नाराणय दाहालको जन्म विसं २०१२ साल चैत्र १६ कास्की जिल्लाको ढिकुरपोखरीमा परिवारको जेठो सन्तानको रुपमा भएको हो । विसं २०१९ सालमा सात वर्षको उमेरमै प्रचण्ड परिवारसँगै चितवन बसाइसराइ गरी शिवनगरको नारायणी माध्यमिक विद्यालयबाट स्कुले शिक्षा पूरा गरेका दाहाल विद्यार्थी जीवनमै राजनीतिमा सक्रिय भए ।
विसं २०२७ साल जेठ १ गते विद्यार्थी दिवसको अवसरमा अनेरास्ववियूद्वारा आयोजित कार्यक्रममा नेकपाका अध्यक्ष प्रचण्डसँगै दुई घन्टा हिँडेर जुलुस र कार्यक्रममा सहभागी भएका दाहाल दाजुभाइ दुवैले सोही दिन सँगै अनेरास्ववियूको सदस्यता लिएका थिए ।
सदस्यता लिएको केही समयपछि तीन जनाको स्थानीय पार्टी युनिट गठन गरी दाहाल पार्टी गतिविधिमा सक्रिय बने । काठमाडौँ बस्ने दाहालका साथीहरुले पठाएको मोहन विक्रमले नेतृत्व गरेको नेकपा चौथो महाधिवेशनको मुखपत्र ‘मशाल’ अध्ययनपछि विसं २०३४ सालबाटै दाहाल चौथो महाधिवेशनको सदस्य नबन्दै मोहन विक्रमलाई पार्टी नेता मान्ने निर्णयमा पुगे ।
विसं २०३६ सालमा डिप्लोमा पास गरेर पार्टी जीवनमा होमिएका दाहाल सोही समयमै एरिया पार्टी कमिटीको कोषाध्यक्ष छानिए । एरिया कमिटीमा एक वर्ष काम गरेका दाहाललाई मोहन विक्रम घरमै आएको बेला छलफल भई कमरेड प्रचण्डको सल्लाहमा पूर्णकालीन सदस्य भई भारत प्रवासमा पार्टी काम गर्न पुगे । बुवाआमा, श्रीमती र काखे सन्तान छाडेर सर्वहारा वर्गको मुक्तिका लागि दाहाल गोरखपुर पुगे । भारत पुगेलगत्तै दाहालले जिल्ला पार्टीको मान्यता प्राप्त पार्टी कमिटीको सचिवको जिम्मेवारी निर्वाह गरे । साथै प्रवासमा रहेको अखिल भारत नेपाली एकता समाजको केन्द्रीय सचिवको रुपमा काम गर्न थाले । साथै संगठनको मुखपत्र नेपाली एकता प्रकाशन गरी भारतमा रहने नेपालीबीच राजनैतिक कार्य अगाडि बढाउन मुख्य भूमिका खेले ।
भूमिगत कालमा ‘सरल’ र ‘रामप्रसाद’ को नामले चिनिने दाहाल सरल व्यक्तित्व, विषयलाई गम्भीर ढङ्गबाट बुझ्ने र राम्रो निर्णय क्षमता भएको व्यक्तिको रुपमा विसं २०३७ सालदेखि पार्टीको पूर्णकालीन सदस्य बनेका दाहालले निरन्तर १८ वर्ष अखिल भारत एकता समाज र पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गरे । समाजको सह–सचिव, कोषाध्यक्ष र सचिव हुँदै २०३८ सालदेखि समाजको केन्द्रीय सचिव हँुदै दोस्रो सम्मेलनपछि महासचिवको जिम्मेवारी बहन गर्दै दाहाल पार्टी संगठन विस्तारमा समर्पित रहे ।
भारतको २६ राज्यमा ३२ वटा पार्टी कमिटी गठन गरी सक्रिय बनाएका दाहालले आफ्नो जीवनको ठूलो हिस्सा पार्टीको प्रवास कमिटी विस्तारमा खर्चिनुप¥यो । विसं २०४६ सालको जनआन्दोलनको बेला नेपाल फर्किएका दाहालको इच्छा नेपालमै बसेर पार्टीलाई योगदान पु¥याउने थियो । तर, दाहाल नेपाल आएपछि प्रवासको पार्टी काम र संगठन परिचालनमा केही जटिलता देखा परेपछि परिवारसहित विसं २०४७ सालमै पार्टी प्रवासको कामलाई गतिशील बनाउन भारत जानुप¥यो ।
प्रवास पुगेर पार्टी र एकता समाजको काम गर्दागर्दै पार्टीको निर्णयअनुसार अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन (रिम)को दक्षिण एसियाली शाखा कमिटीको जिम्मेवारीमा रहेर तीन वर्ष काम गरे । त्यसपछि पुनः प्रवासको संगठनको अध्यक्ष भई निरन्तर प्रवास पार्टी संगठनमा करिब दुई दसक बिताएका दाहालले २०५७ सालदेखि पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी पाए । भारतमा रहँदा त्यहाँका भूमिगत कम्युनिस्ट पार्टीसँग भाइचारा सम्बन्ध स्थापित गरेका दाहाललाई भारत सरकारले वारेन्ट जारी गर्दै प्रवासको मोर्चा संगठन अखिल भारत नेपाली एकता समाजमाथि प्रतिबन्ध लगायो । जुनबेला दाहाल प्रवास मोर्चा संगठनको अध्यक्षको जिम्मेवारीमा थिए । खुल्लारुपमा संगठन विस्तार र परिचालन गरिरहेका दाहालले विसं २०५९ सालदेखि भारतमै पनि भूमिगतरुपमा काम गर्नुपर्ने अवस्था सिर्जना भयो ।
विसं २०१२ सालमा जन्मिएका नारायण दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहोदर भाइ भने होइनन् । प्रधानमन्त्री प्रचण्डको भाइ गंगाराम दाहाल हुन् । उनी बेलायतमा वनविज्ञानका विज्ञ हुन् । भरतपुर महानगरपालिका–१४, शिवनगरका नारायण प्रधानमन्त्रीको दाजुभाइ खलकमा पर्ने व्यक्तित्व हुन् ।
माओवादी केन्द्र चितवनका संयोजक आरसी अधिकारीका अनुसार प्रचण्डसँगै काम गरेकोले नारायण दाहाल राजनीतिक हिसाबले भाइ हुन् । उनले भने, ‘प्रचण्डको सहोदर भाइ उहाँ होइन । राजनीतिक हिसाबले भाइ हो । तलदेखि निरन्तर राजनीति गर्दै आएको व्यक्तित्व हो ।’
दाहाल पञ्चायतकालको उत्तराद्र्ध २०३२ सालदेखि राजनीतिमा लागे पनि उनी २०३६ सालदेखि पूर्णकालीन राजनीतिमा सक्रिय भएका हुन् । २०४८ मा उनी महाधिवेशन प्रतिनिधि बने । अहिले पार्टीको स्थायी समिति सदस्य रहेका नारायण २०५७ सालदेखि पार्टी केन्द्रीय सदस्य भएर काम गरिरहेका छन् ।
उनी बृहत् शान्ति सम्झौंतापछि २०६३ को अन्तरिम व्यवस्थापिका संसद् सदस्य बनेका थिए । विसं २०६४ मा भएको पहिलो संविधानसभा सदस्य निर्वाचनमा चितवन–३ बाट निर्वाचित भएका थिए । उनले भारतमा रहेर नेपाली एकता समाजमा काम गरे भनेपछि भेरी कर्णाली र सुर्खेत जिल्लाको इन्चार्ज पनि बने । माओवादी पार्टी शान्ति प्रक्रियामा आएपछि उनी कास्की जिल्लाको इन्चार्ज बने ।
दाहालले प्रधानमन्त्री प्रचण्डको प्रशासनिक सल्लाहकार भएरसमेत काम गरिसकेका छन् । भूमिगत कालमा ‘सरल’ र ‘रामप्रसाद’ को नामले चिनिने दाहाल सरल व्यक्तित्व, विषयलाई गम्भीर ढङ्गबाट बुझ्ने र राम्रो निर्णय क्षमता भएको व्यक्तिको रुपमा चिनिने चितवनका माओवादी नेताहरु बताउँछन् ।
एमालेसँग एकता गरेर नेपाल कम्युनिस्ट पार्टी बनेपछि दाहालले बागमती प्रदेश कमिटीको अध्यक्ष बनेर जिम्मेवारी सम्हालेका थिए । राजनीतिको सबै संगठन र सबै क्षेत्रमा जिम्मेवारी समालेका गरेका दाहाल राष्ट्रिय सभाको लागि उपयुक्त उम्मेदवार भएको माओवादी केन्द्र चितवनका संयोजक अधिकारीले बताए । नारायण दाहालले आफ्नाबारेमा जानकारी नहुनेले प्रचण्डका भाइ भनेर आरोप लगाउने गरेको बताउँदै आएका छन् ।
माओवादी केन्द्र चितवनका संयोजक आरसी अधिकारीका अनुसार प्रचण्डसँगै काम गरेकोले नारायण दाहाल राजनीतिक हिसाबले भाइ हुन् । उनले भने, ‘प्रचण्डको सहोदर भाइ उहाँ होइन । राजनीतिक हिसाबले भाइ हो । तलदेखि निरन्तर राजनीति गर्दै आएको व्यक्तित्व हो ।’
स्वर्गीय बुवा कुलप्रसाद दाहाल र आमा देउरुपा दाहालका जेष्ठ सुपुत्र नारायण दाहाल ‘सरल’ माओवादी जनयुद्धलाई सक्रिय र ठूलो योगदान पु¥याउने योद्धा हुन् । बाल्यकालदेखि नै कम्युनिस्ट पार्टीप्रतिको आस्था र विद्यार्थी जीवनमै पार्टीको सक्रिय सदस्य हुँदै प्रवासमा अनेकौँ पीडा, कष्ट र हण्डर सहँदै नेपाली जनयुद्धलाई राजनीतिक, वैचारिक, सांगठनिक काममा सक्रिय हुँदै आर्थिक र भौतिक साधन स्रोत जुटाएर सफल बनाउन दाहालले अतुलनीय योगदान पु¥याएका छन् ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?