सिलीचोङमा आयोजना गरिएको बृहत स्वास्थ्य शिविरमा ९५६ जनाले लिए सेवा

सिलीचोङमा आयोजना गरिएको बृहत स्वास्थ्य शिविरमा ९५६ जनाले लिए सेवा

संखुवासभा । संखुवासभाको सिलीचोङ गाउँपालिकामा आयोजना गरिएको तीनदिने बृहत स्वास्थ्य शिविरमा ९५६ जनाले सेवा लिएका छन् । फाल्गुन १६ देखि १८ सम्म स्वास्थ्य शिबिर चलेको शिविरमा दूरदराजमा आर्थिक अवस्था अत्यन्त नाजुक रहेका ९५६ जनाले सेवा लिएका हुन् । जसमध्ये महिलाको संख्या ६५४ जना रहेको छ । हेल्पिङ ह्यान्डस् हेल्थ एण्ड एजुकेशनको प्राविधिक सहयोग तथा संखुवासभाको सिलीचोङ गाउँपालिकाको आयोजनामा तीनदिने बृहत स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

शिविरमा स्त्रीरोग विशेषज्ञ, जनरल विशेषज्ञ, दन्त विशेषज्ञ, आँखा विशेषज्ञ, बालरोग विशेषज्ञ सेवा, निशुल्क सुगर जाँच, भिडियो एक्सरे तथा निशुल्क औषधी वितरण गरिएको थियो । स्वास्थ्य जाँच गर्न जिल्ला र जिल्ला बाहिरबाट धेरै सर्वसाधारणहरु शिविरमा पुगेका छन् । हेल्पिङ ह्यान्डस् हेल्थ एण्ड एजुकेशनका संस्थापक अन्तर्राष्ट्रिय अध्यक्ष एवं समाजसेवी नारायण श्रेष्ठले सेवा लिन आउने सवैलाई सहज रुपमा सेवा प्रदान गरेको बताउनुभयो । बृहत स्वास्थ्य शिविरलाई  खाँदवारी ९ तुम्लिङटारस्थीत मनकामना अस्पताल र खाँदवारी १ स्थीत गोपाल भगत मेमोरियल अस्पतालले समेत प्राविधिक सहयोग गरेको आयोजकले जनाएको छ । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार