सिलीचोङमा आयोजित बृहत स्वास्थ्य शिविरमा सयौंले पाए उपचार

सिलीचोङमा आयोजित बृहत स्वास्थ्य शिविरमा सयौंले पाए उपचार

संखुवासभा ।  संखुवासभाको सिलीचोङ गाउँपालिकामा तीनदिने बृहत स्वास्थ्य शिविरको दाश्रो दिन पनि सयौं सर्वसाधारणहरुले सेवा लिएका छन् । रोल.......
हेल्पिङ ह्यान्डस् हेल्थ एण्ड एजुकेशनको प्राविधिक सहयोग तथा संखुवासभाको सिलीचोङ गाउँपालिकाको आयोजनामा भएको तीनदिने बृहत स्वास्थ्य शिविरको दोश्रो दिन ताम्कू प्राथमिक स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन गरिएको थियो । शिविरमा स्त्रीरोग विशेषज्ञ, जनरल विशेषज्ञ, दन्त विशेषज्ञ, आँखा विशेषज्ञ, बालरोग विशेषज्ञ सेवा, निशुल्क सुगर जाँच, भिडियो एक्सरे तथा निशुल्क औषधी वितरण गरिएको छ । 
स्वास्थ्य जाँच गर्न जिल्ला र जिल्ला बाहिरबाट धेरै सर्वसाधारणहरु शिविरमा पुगेका छन् । बृहत स्वास्थ्य शिविरलाई  खाँदवारी ९ तुम्लिङटारस्थीत मनकामना अस्पताल र खाँदवारी १ स्थीत गोपाल भगत मेमोरियल अस्पतालले समेत प्राविधिक सहयोग गरेको आयोजकले जनाएको छ । 
 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार