हेल्पिङ ह्यान्डस्को आयोजनामा संखुवासभाको सिलीचोङमा बृहत स्वास्थ्य शिविर सुरु

हेल्पिङ ह्यान्डस्को आयोजनामा संखुवासभाको सिलीचोङमा बृहत स्वास्थ्य शिविर सुरु

संखुवाससभा । संखुवासभाको सिलीचोङ गाउँपालिकामा तीनदिने बृहत स्वास्थ्य शिविर सुरु भएको छ । 
हेल्पिङ ह्यान्डस् हेल्थ एण्ड एजुकेशनको प्राविधिक सहयोग तथा संखुवासभाको सिलीचोङ गाउँपालिकाको आयोजनामा तीनदिने बृहत स्वास्थ्य शिविर सुरु भएको हो । शिविरमा स्त्रीरोग विशेषज्ञ, जनरल विशेषज्ञ, दन्त विशेषज्ञ, आँखा विशेषज्ञ, बालरोग विशेषज्ञ सेवा, निशुल्क सुगर जाँच, भिडियो एक्सरे तथा निशुल्क औषधी वितरण हुने जनाइएको छ ।स्वास्थ्य जाँच गर्न जिल्ला र जिल्ला बाहिरबाट धेरै सर्वसाधारणहरु शिविरमा पुगेका छन् । हेल्पिङ ह्यान्डस् हेल्थ एण्ड एजुकेशनका संस्थापक अन्तर्राष्ट्रिय अध्यक्ष एवं वरिष्ठ समाजसेवी संखुवासभाको खांँदबारीका स्थायी बासिन्दा नारायण श्रेष्ठले सेवा लिन आउने सवैलाई सहज रुपमा सेवा प्रदान गर्ने बताउनुभयो । गाँउका सर्वसाधारणलाई सेवा दिनका लागि बृहत स्वास्थ्य शिविर सञ्चालन गरिएको उहाको भनाइ छ ।
त्यस्तै सिलीचोङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र कुलुङले फाल्गुन १८ गतेसम्म शिविर चल्ने जानकारी दिनुभयो । १० हजार जनसंख्या रहेको पालिकाका धेरै सर्वसाधारणहरुले लाभ लिन सक्ने उहाले बताउनुभयो । 
बृहत स्वास्थ्य शिविरलाई  खाँदवारी ९ तुम्लिङटारस्थीत मनकामना अस्पताल र खाँदवारी १ स्थीत गोपाल भगत मेमोरियल अस्पतालले समेत प्राविधिक सहयोग गरेको आयोजकले जनाएको छ । 
 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार