अन्जनी कुमार अधिकारी , उदयपुर । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवस उदयपुर शाखाले पनि भव्य रुपमा सम्पन्न गरेको छ ।
समृद्धिका लागि संचार कर्म, प्रेस चौतारीको मुल मर्म भन्ने मुल नारा सहित प्रेस चौतारी नेपाल उदयपुरले आफ्नो संगठनको २६औं स्थापना दिवस चियापान तथा शुभकामना आदानप्रदान सहित पत्रकारिता पुरस्कार वितरण गरेर मनाएको हो ।
हरेक बर्ष प्रेस चौतारी नेपाल उदयपुर शाखाले वितरण गर्दै आएको बैकुण्ठ उषा पत्रकारिता पुरस्कार यस बर्ष पनी आफ्नो स्थापना दिवसको अवसरमा स्थानीय पत्रकारलाई पुरस्कार हस्तान्तरण गर्दै स्थापना दिवस मनाएको हो ।
प्रेस चौतारी नेपालको २६औं स्थापना दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा उक्त पुरस्कारबाट डेढ दशक अघि देखी पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार÷संचारकर्मी उर्मिला दनुवारलाई पुरस्कार प्रदान गरिएको प्रेस चौतारी नेपाल उदयपुर शाखाले जनाएको छ ।
संगठनले अग्रजको सम्मान र क्रियाशील पत्रकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले अघिल्लो बर्ष स्थापनासँगै पत्रकारहरुलाई पुरस्कृत गरी सुरुवात गरेको बैकुण्ठ–उषा पत्रकारिता पुरस्कार यस वर्ष पनि स्थापना दिवसको दिन प्रदान गरेको हो । संगठनको मुल मर्मलाई आत्मसाथ गर्दै बैकुण्ठ–उषा पत्रकारिता पुरस्कार संचालन कार्यविधि अनुसार संगठनका जिल्ला अध्यक्ष पुरुषोत्तम सापकोटा संयोजक, दाता परिवारका तर्फबाट बैकुण्ठ नाथ दाहाल, बिज्ञ सदस्यहरु भरत खड्का र रेणु पराजुली सदस्य रहेको पुरस्कार छनौट समिति गठन गरिएको थियो । उक्त समितिको विभिन्न चरणका बैठक, छलफल, मापदण्डलाई आधार मानी स्थानीय क्रियाशील स्थानिय पत्रकार रेडियो उदयपुरका समाचार संयोजक उर्मिला दनुवारलाई पुरस्कृत वितरण गरेको हो ।
पुरस्कृत हुने पत्रकार दनुवार विगत १५ बर्ष देखि रेडियो पत्रकारिता गर्दै आउनु भएको छ । वहाँले सम्वाददाता, समाचार तथा कार्यक्रम संयोजक हुँदै सहायक स्टेशन मेनेजरको भुमिका निर्वाह गरिसक्नु भएको छ । पत्रकारितामा स्नातक उत्तिर्ण गर्नु भएका दनुवार जिल्लामा कृयाशील पत्रकारको रुपमा परिचित हुनुहुन्छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?