माघ ११ गते बाट माघ २१ गते सम्म त्रियुगा नदि किनारमा उदयपुर महोत्सव हुने

माघ ११ गते बाट माघ २१ गते सम्म त्रियुगा नदि किनारमा उदयपुर महोत्सव हुने

अञ्जनी कुमार अधिकारी, उदयपुर । आर्थिक गतिविधिलाई थप चलायमानका लागि माघको दोश्रो साता उदयपुरमा उदयपुर महोत्सव आयोजना हुने भएको छ । 
जिल्ला उद्योग वाणिज्य संघ उदयपुरले मंगलबार उदयपुरमा पत्रकार सम्मेलन गर्दै माघ ११ गते बाट माघ २१ गते सम्म त्रियुगा नदि किनारमा महोत्सव संचालन हुने आयोजकले जनाएको हो । 
आर्थिक गतिविधिलाई थप चलायमान बनाउनुका साथै स्थानीय व्यवसायको प्रवद्र्धन र समग्र प्रतिस्पर्धात्मक व्यवसायिक वातावरणमा नेपाली उत्पादनहरूलाई पुनरुत्थान गर्न सहयोग गर्ने उद्धेश्य सहित महोत्सव आयोजना गरिएको उदयपुर उद्योग वाणिज्य संघका अध्यक्ष चुडामणी कार्कीले जानकारी दिनुभयो । उहाले एक्स्पो, महोत्सव, व्यापार मेला, प्रदर्शनी र चाडपर्वहरू नेपाली व्यवसायलाई अभिवृद्धि र प्रवर्द्धन गर्ने सबैभन्दा लोकप्रिय र प्रभावकारी उपकरण भएको समेत बताउनुभयो ।
कोभिड–१९ पछी प्रभावित अर्थतन्त्रलाई पुनरुत्थानमा सहयोग गर्नुपर्ने आवश्यक्तालाई महशुस गरी “कृषि, वन, पर्यटन, कला संस्कृति, उद्योग र ब्यापार, उदयपुरको पहिचान र समृद्धिको आधार” भन्ने मुलनाराका साथ उदयपुर एक्स्पो (उदयपुर महोत्सव) २०८० को आयोजना गर्न लागेको आयोजकले जनाएको छ । 
 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार