उदयपुरको दृष्टिविहीन स्रोत कक्षा, ३० जनाले गरे उच्चा शिक्षा हाँसिल, ७ जना सरकारी सेवामा

उदयपुरको दृष्टिविहीन स्रोत कक्षा, ३० जनाले गरे उच्चा शिक्षा हाँसिल, ७ जना सरकारी सेवामा

अन्जनी कुमार अधिकारी , उदयपुर । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाको वडा नं। ५ स्थित आधारभूत विधालय शिवाई बेल्हामा संचालित दृष्टिविहीन श्रोत कक्षा मार्फत हाल सम्म ३० जनाले उच्च शिक्षा हाँसिल गरेका छन् भने ७ जना सरकारी सेवामा रहेको बिधालयले जनाएको छ ।

२०५२ सालमा ज्योति माध्यमिक विधालय र २०५३ सालमा थानपोखारी माध्यमिक बिद्यालय ज्यामिरे झोरमा संचालित दृष्टिविहीन स्रोत कक्षा २०५५ साल देखी संयुक्त रुपमा आधारभूत विधालयमा शिवाई बेल्हामा संचालित रहेको छ ।
नेपाल सरकारको सहयोगमा कक्षा १२ सम्मको अध्ययन हुने यस दृष्टिविहीन स्रोत कक्षामा हाल ११ जना दृष्टिविहीन विद्यार्थीहरु अध्ययन रत रहेका छन् । आधारभूत विधालय शिवाई बेल्हामा संचालित दृष्टिविहीन स्रोत कक्षाबाट उच्च शिक्षा हाँसिल गरेकाहरु मध्ये कोही शिक्षक पेसामा छन् भने १ जना पत्रकारिता गर्दै आएका छन् । एक जना वडा सचिवमा कार्यरत रहेको दृष्टिविहीन स्रोत शिक्षक सानुकाजी राईले बताउनु भयो ।

बिहिबार एक कार्यक्रमको आयोजना मार्फत उक्त दृष्टिविहीन स्रोत कक्षामा अध्ययनरत ११ जना विद्यार्थीहरुका लागि न्यानो कपडा नगर उपप्रमुख मणिकादेवी दुलालले हस्तान्तरण गर्नु भएको छ । उनीहरुलाई न्यानो कपडा र स्कुल ब्याग वितरण गर्दै फरक क्षमता भएकाले पनि राज्यमा केही गर्न सक्छन र उनीहरुको सिप ज्ञान मार्फत राज्यले लाभ लिन सक्छ भन्ने एउटा उदाहरण आधारभूत विधालय शिवाई बेल्हामा संचालित दृष्टिविहीन श्रोत कक्षा भएको बताउनु भयो । वहाँले उनीहरुको उज्वल भविश्य निर्माणका लागि नगरपालिकाले सकेको सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

आधारभूत विधालयमा शिवाई बेल्हामा संचालित दृष्टिविहीन श्रोत कक्षामा हाल आरसी कक्षामा ३ जना, कक्षा २ मा २ जना, कक्षा ७ मा २ जना कक्षा ११ मा १ जना र कक्षा १२ मा २ जना अध्यनरत रहेका छन् । उनीहरुका लागि राज्यले आवासीय सुबिधा सहित बार्षिक ४० हजार रुपैया प्रति बिधार्थी उपलब्ध गराउदै आएको छ ।
जिल्लाको एक मात्र दृष्टिविहीन अध्ययन गर्ने यस विधालयमा राज्यले थप सेवासुविधा उपलब्ध गराएर उनीहरुलाई सहज उच्च शिक्षा हाँसिल गर्ने वातावरण बनाउनु पर्ने देखिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार